जिसस सुर्खेतको भ्रमण टोलीलाई मकवानपुरमा स्वागत

२०७६ भाद्र २९,आईतवार ०९:२६

मकवानपुर, २९ भदौ । विभिन्न जिल्लाको भ्रमणमा निस्किएको जिल्ला समन्वय समिति (जिसस) सुर्खेतको टोलीलाई शनिबार मकवानपुरमा स्वागत गरिएको छ ।

जिसस मकवानपुरले जिसस सुर्खेतका प्रमुख छविलाल सिग्देलसहितको अवलोकन भ्रमण टोलीको स्वागत गरिएको हो ।

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको कार्यकक्षमा आयोजित स्वागत कार्यक्रममा जिसस प्रमुख खुलालले आफ्ले गरेका काम तथा अनुभवका बारेमा जानकारी दिए ।

उनले जिल्ला समन्वय समितिको काम समन्वय गर्ने भएकाले सोहि अनुसारको काम गर्दै आएको बताए ।

प्रमुख खुलालले जिल्ला समन्वय समितिसँग आफ्नै कुनै कार्यक्रम नभए पनि काम गर्ने ईच्छा हुँदा काम खोज्न कही जान नपर्ने बताए । उनले संविधानले प्रदान गरेको अधिकारलाई कार्यान्वयन गर्दै अगाडी बढेको र सोहि अनुसार बढ्दा धेरै कामहरु गर्न सकेको अनुभव सुनाइका थिए ।

छलफलका क्रममा सुर्खेतका प्रमुख सिग्देलले भ्रमणको मुख्य उद्देश्य अनुभव साटासाट गर्नु भएको बताए । उनले जिससलाई कर्णली प्रदेश र ३ नम्बर प्रदेश सरकारले फरक तरीकाले बुझेको बताए ।

कर्णली प्रदेशको राजधानी रहेको सुर्खेतमा जिससको भुमिका गौण रहेको बताए । उनले ३ नम्बर प्रदेशले गरेको व्यवहारको प्रशंसासमेत गरहेका थिए ।

कार्यक्रममा जिसस मकवानपुरकी उपप्रमुख भगवती पुडासैनी, सदस्यहरु देवराज रिमाल, सिता अधिकारी, गणेश कुमारी श्रेष्ट तथा जिसस सुर्खेतकी उपप्रमुख देवी भट्टराईलगायतको सहभागिता रहेको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*