मकवानपुरबाट अबैध रुपमा नदिजन्य पदार्थ उत्खनन् गर्ने ३ वटा ट्याक्टर प्रहरीको नियन्त्रणमा

२०७६ भाद्र २७,शुक्रबार १६:०८

मकवानपुर, २७ भदौ । मकवानपुरको बकैयाँ गाउँपालिका वडा नम्बर ६ स्थित जुईना खोलाभित्र अबैध रुपमा नदिजन्य पदार्थ उत्खनन् गर्ने तीन वटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गरेको अभियोगमा ना ६ त ६५१९, अन टेस्ट र ना ४ त ८०८२ नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिएको हो ।

उक्त ट्याक्टर प्रहरी चौकी हात्तीसुडे मकवानपुरबाट खटिएको प्रहरी टोलीले बुधबार नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिएको ट्याक्टर जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याई आवश्यक कारबाहीको लागि जिल्ला समन्वय समितिको कार्यालय मकवानपुरमा पठाईएको मकवानपुर प्रहरीले जनाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*