२० लाख रुपैयाँ बराबरको अवैध कपडासहित एक जना पक्राउ

तु खबर संवाददाता
२०७६ भाद्र २६,बिहीबार १८:०५
File Photo

धनुषा, २६ भदौ । धनौजी गाउँपालिका–१ स्थित लखौरीबाट करिब २० लाख रुपैयाँ मूल्य बराबरको विभिन्न कपडासहित प्रहरीले बिहिबार ५ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले जनकपुर उपमहानगरपालिका–१ बस्ने २६ वर्षीय राजेश कापरसहित ५ जनालाई उक्त कपडासहित पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ ६ वटा मोटरसाइकलमा ७ वटा पोकामा राखी अवैध रुपमा ल्याउँदै गरेको उक्त कपडासहित २ नम्बर प्रदेश प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय औरहीबाट खटिएको प्रहरीले उनीहरुलाई फेला पारी पक्राउ गरेको हो ।

साथै उक्त कार्यमा संलग्न फरार एक जनाको प्रहरीले खोजी गरिरहेको छ ।

पक्राउ परेका ५ जनालाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय पठाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*