शिक्षामन्त्री पोखरेल भोली हेटौँडामा आउने

२०७६ भाद्र २६,बिहीबार १६:२१

मकवानपुर, २६ भदौ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेल भोली (शुक्रबार) प्रदेश नं. ३ को अस्थायी राजधानी हेटौँडामा आउने भएका छन् ।

मन्त्री पोखरेल विभिन्न कार्यक्रममा सहभागी हुन भोली दिउँसो हेटौँडामा आउने भएका हुन् ।

मन्त्री पोखरेल र प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेलबीच भोली मुख्यमन्त्रीकै कार्यकक्षमा भेटवार्ता गर्ने कार्यक्रम रहेको मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार, मन्त्री पोखरेलले भीमफेदीको नामटार र हेटौँडाको चिसापानी गरी दुई छुट्टाछुट्टै विद्यालयको उद्घाट गर्ने कार्यक्रम रहेको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*