क्रिकेट रंगशालाका लागि १० लाख सहयोग

२०७६ भाद्र २६,बिहीबार १५:३३
file photo

मकवानपुर, २६ भदौ । चितवनमा निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि निर्माण व्यवसायी संघ चितवनले १० लाख १ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ ।

संघको २६ औं साधारणसभा तथा अधिवेशनको अवसर पारेर निर्माण व्यवसायी संघ चितवनका अध्यक्ष हरिप्रसाद घिमिरेले भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल र वडा नम्बर ७ का वडाध्यक्ष राजेन्द्रमणि काफ्लेलाई चेक हस्तान्तरण गरेका हुन् ।

प्रदेश नम्वर ३ का मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यतामा उक्त रकमको चेक हस्तान्तरण गरिएको हो ।

धुर्मुस–सुन्तली फाउण्डेशनले चितवनको रामपुरमा क्रिकेट रंगशाला निर्माणको काम अघि बढाएको छ । अहिले रंगशालाको डिपिआर बनाउने काम भैरहेको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*