विप्लवका क्षेत्रीय इन्चार्ज वली पक्राउ

२०७६ भाद्र २६,बिहीबार १४:३१

काठमाडौं, २६ भदौ । प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका क्षेत्रीय इन्चार्ज पुरणबहादुर वलीलाई पक्राउ गरेको छ ।

विप्लव नेकपाका ४ नम्बर क्षेत्रीय कमान्डर ४५ वर्षीय वलीलाई इलाका प्रहरी कार्यालय मोतीपुरले बासगढी नगरपालिका—५ ब्यारेल टोलबाट पक्राउ गरेको हो ।

प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका वली विस्फोटक पदार्थसम्बन्धी कसुर मुद्दामा फरार अभियुक्त हुन् ।

पक्राउ परेका वलीलाई अदालतबाट म्याद थप गराई आवश्यक अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*