प्रदेश-२ : डेंगुको सङ्क्रमणबाट एक जनाको मृत्यु

२०७६ भाद्र २६,बिहीबार १४:०३

धनुषा, २६ भदौ । प्रदेश नं २ मा डेंगुको सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । ड्रंगुका कारण प्तरी जिल्लाको सप्तकोशी नगरपालिका–११ का ३१ वर्षीय रामनारायण मण्डलको मृत्यु भएको प्रदेश नं २ स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

त्यस्तै प्रदेश २ मा ७३ जना डेंगुसङ्क्रमित (प्रभावित) भएका छन् । प्रदेशका महोत्तरीसहितका ८ जिल्लामा आज बिहीबार बिहानसम्म ७३ जनामा डेङ्गु सङ्क्रमण भेटिएको निर्देशनालयले जनाएको छ ।

प्रदेशमा सबैभन्दा बढी बारा र पर्सामा गरी ३९ मा डेंगु सङ्क्रण भेटिएको निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार, सिरहामा १५, रौतहट र सप्तरीमा ७/७, महोत्तरीमा ३ र धनुषामा १ जनामा डेंगु सङ्क्रमण फेला परेको हो ।

डेङ्गु सार्ने लामखुट्टेले घरप्रयोजनका गिलास, बटुका, टायर, ट्युबका जस्ता ठाउँहरुमा पूmल पार्ने र लार्भा हुर्कने भएकाले यत्रतत्र फालिएका टायर, ट्युव निश्चित ठाउँमा नष्ट गर्नुपर्ने हुन्छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*