अभियुक्त लामिछाने पक्षको वकिल उपस्थित नभएपछि आजको सुनुवाई स्थगित

२०७६ भाद्र २६,बिहीबार १२:५७

मकवानपुर २६ भदौ । पत्रकार सालिकराम पुडासैनी आत्महत्या प्रकरणका अभियुक्त रवि लामिछाने र युवराज कंडेल पक्षको वकिल उपस्थित नभएपछि आजको सुनुवाई स्थगित भएको छ ।

सोमबार उच्च सरकारी वकिलको कार्यालय हेटौँडाले जिल्ला अदालत चितवनले गरेको आदेश बदर गर्दै ३ नै जना अभियुक्तहरुलाई थुनामा राखेर अनुसन्धान गर्न माग गर्दै उच्च अदालत पाटन हेटौँडा इजलाशमा निवेदन दर्ता गराएको थियो ।

सो निवेदन उपर मंगलवार सुनुवाई गर्दै अदालतले दुवै पक्षबाट अदालतमा दर्ता भएको निवेदन आज विहिबार संयुक्त रुपमा पेश गर्न आदेश दिएको थियो । तर रवि लामिछाने र युवराज कंडेल पक्षको वकिल उपस्थित हुन नसकेपछि आजको सुनुवाई स्थगित भएको उच्च अदालत पाटन हेटौँडा इजलाशका प्रवक्ता अमृत घिमिरेले तु खबरलाई जानकारी दिए ।

मंगलवार उच्च अदालत पाटन हेटौँडा इजलाशले अभियुक्त लामिछानेले दर्ता गराएको निवेदन र उच्च सरकारी वकिलको कार्यालयले दर्ता गराएको निवेदन एकै दिन पेश गर्न आदेश दिएको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*