हेटौंडा उपमहानगरपालिकाद्वारा गुपचुपमै औषधी नष्ट गर्ने तयारी

२०७६ भाद्र २६,बिहीबार ११:३६

मकवानपुर, २६ भदौ । हेटौँडा उपमहानगरपालिकाले गुपचुपमै लाखौँ मुल्यका औषधीहरु नष्ट गर्ने तयारी गरेको सूचना तु खबरले फेला पारेको
छ । अघिल्लो महिनासम्म नगरभित्रका स्वास्थ्य केन्द्रहरुमा वाल भिटाको अभाव थियो । स्वास्थ्य केन्द्रहरुमा वाल भिटा नपठाएको उपमहानगरपालिकाले आज वाल भिटा लगायतका औषधीहरु सुटुक्क नष्ट गर्ने तयारी गरेको थियो ।

अंचल आयुवेर्दिक कार्यालय हाताभित्र ती औषधीहरु भण्डार गरी राखिएको छ । तु खबर स्रोतले दिएको जानकारी अनुसार, केही बेरपछि उपमहानगरपालिकाको सवारीसाधनमा लोड गरेर राप्ती बगरमा पुर्ने तयारी छ ।

उपमहानगरपालिकाभित्र ६ वटा स्वास्थ्य चौकी र ६ वटा नगर स्वास्थ्य क्लिनिक रहेको छ । ती स्वास्थ्य चौकी र क्लिनिकमा पठाउनुपर्ने औषधी र झुल नपठाएर अहिले नष्ट गरिँदैछ । उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भगवान अर्यालले औषधी नष्ट गर्न लागिएको विषयमा आफूलाई कुनै जानकारी नभएको प्रतिक्रिया दिएका छन् । यस विषयमा मलाई कुनै जानकारी छैन, उनले तु खबरसँग भने ।

उपमहानगरपालिका स्वास्थ्य संयोजक सुपेन्द्र कार्कीले औषधीहरु नष्ट गर्ने कुनै तयारी नभएको बताए । तु खबरले निकै केरकार गरेपछि उनले स्वास्थ्य चौकी तथा क्लिनिकहरुमा खपत नभई फिर्ता आएका वाल भिटा लगायतका औषधीहरु नष्ट गर्न खोजिएको स्वीकार गरे ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*