प्रेमिकाको हत्या गर्ने चुँडाल पक्राउ

२०७६ भाद्र २६,बिहीबार १०:११

विराटनगर, २५ भदौ । मदिरा सेवन गरी आफ्नै प्रेमिकाको हत्या गरेको आरोपमा प्रहरीले झापा गौरादहबाट एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा अन्दाजी ४० वर्षिय महिलाको हत्या गरेको आरोपमा प्रहरीले झापा गौरादह नगरपालिका– ६ दामुनाका ४५ को पुण्य चुँडाल रहेका छन् ।

शनिबार विहान साढे ८ वजे मोरङको रतुवामाई नगरपालिका– ६ कपरसुख्खा टोलस्थित हरिबहादुर खड्काको गोठ घरमा अर्धचेत अवस्थामा महिला फेला परेकी थिइन् ।

शरीरका विभिन्न भागमा चोट लागेको अवस्थामा फेला परेकी महिलालाई प्रहरीले उद्दार गरी कोशी अस्पतालमा भर्ना गरेको थियो । उनको आइतबार उपचारका क्रममा महिलाको मृत्यु भएको थियो ।

मंगोलियन समुदायकी महिलाको पहिचान खुलेको छैन । एक महिनायता खड्काको गोठमा चुँडाल र महिला बस्दै आएका अनुसन्धानबाट खुलेको छ ।

उक्त घटनापछि फरार भएका चुँडाललाई सोमबार रतुवामाई नगरपालिका– १० बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धन भइरहेको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*