पहिरोले पुरिएर दुई बालिकाको मृत्यु

२०७६ भाद्र २६,बिहीबार १०:०१

रुकुम, २६ भदौ । मुसीकोट नगरपालिका–१० स्थित चुनमा बुधबार साँझ पहिरोले पुरिएर दुई बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय डिलबहादुर विककी छोरी १२ वर्षीया डिलमाया विक र सोही ठाउँकी रणबहादुर कामीकी छोरी १० वर्षीया सावित्री विकको रहेका छन् ।

विद्यालयबाट घर फर्किने क्रममा बाटो माथिबाट आएको पहिरोमा पुरिएर दुवै जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जनाको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*