विप्लवका छोरा प्रकाश रिहा

२०७६ भाद्र २६,बिहीबार ०९:५३

काठमाडौं, २६ भदौ । नेत्रविक्रम चन्द (विप्लव) का छोरा प्रकाश चन्द रिहा भएका छन् । बुधबार (हिजो) चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेजका आन्दोलनरत विद्यार्थीहरुसँगै पक्राउ परेका प्रकाश रिहा भएको चितवन प्रहरीले जनाएको छ ।

प्रहरीले प्रकाशसहित १८ जनालाई नियन्त्रणमा लिएको थियो । चितवन मेडिकल कलेजले अबैध असुलेको शुल्कको विरोधमा आन्दोलनरत विद्यार्थी र प्रहरीबीच बुधबार बिहान भएको झडपको क्रममा उनीहरु पक्राउ परेको थिए ।

प्रकाशले केही दिनदेखि विभिन्न माग राखी चितवन मेडिकल कलेजका विद्यार्थीहरुले गरिरहेको आन्दोलनको अगुवाइ गर्दै आएका थिए । नियन्त्रणको क्रममा प्रहरीसँग झडप हुँदा केही विद्यार्थी घाइते छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*