प्रदेश ३ मा ३८ सयलाई डेंगु, मकवानपुरमा ७ सय ९१ जना पुग्यो

२०७६ भाद्र २६,बिहीबार ०९:०३

डेंगु रोगबाट प्रदेश—३ का ९ जिल्ला प्रभावित भएका छन् । सबैभन्दा बढी चितवन जिल्लामा डेंगुका बिरामी फेला परेका छन् । प्रदेश—३ को सामाजिक विकास मन्त्रालयद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमा चितवनमा बुधबारसम्म १ हजार ४ सय ६० डेंगुका बिरामी फेला परेका छन् ।

काठमाडौंमा भने १ हजार ३ सय ४५ जना रहेका छन् । मकवानपुरमा ७ सय ९१, ललितपुरमा १ सय ५ र भक्तपुरमा ९६ डेंगुका बिरामी फेला परेको सामाजिक विकास मन्त्री युवराज दुलालले बताए ।

यसैगरी, धादिङमा २३, काभ्रेपलान्चोकमा ६, नुवाकोटमा २ र सिन्धुपाल्चोकमा १ जना फेला परेको जानकारी दिएको छ । दोलखा, रामेछाप, सिन्धुली र रसुवा डेंगुका रोगी नभएको मन्त्रालयका प्रवक्ता सतिश विष्टले पत्रकार सम्मेलनमा जानकारी गराएका थिए । सामाजिक विकास मन्त्रालयले डेंगु नियन्त्रण गर्न प्रदेशका सम्पूर्ण नागरिकलाई ‘खोज र नष्ट’ अभियानमा सहभागी हुन आह्वान गरेको छ ।

प्रत्येक शनिबार बिहान ७ बजेदेखि ८ बजेसम्म आफ्नो क्षेत्रमा सामूहिक रूपमा सरसफाइ गर्ने, डेंगुका लार्भा खोज र नष्ट गर्ने अभियान चलाउन मन्त्रालयले आह्वान गरेको छ । समुदाय सक्रिय र सजग नभएसम्म डेंगु नियन्त्रणमा आउन नसक्ने भएकाले राजनीतिक दललगायत सम्पूर्ण क्षेत्रका समुदाय सामूहिक रूपमा यो अभियान सहभागी हुन मन्त्रालयले सबैसँग आह्वान गरेको छ ।

यो अभियान कात्तिक मसान्तसम्म सञ्चालन गर्ने जनाएको छ । मन्त्रालयले डेंगु प्रभावित जिल्लाका अस्पतालहरूलाई ५०र५० थान झुल वितरण गरेको छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*