भीरमा गाडी गुडेपछि स्थानीय खुसी

२०७६ भाद्र २६,बिहीबार ०८:४७

फेदीखोला–४ का रामचन्द्र पौडेल खुसीले गदगद छन्। सपनामा नदेखेको र कहिल्यै नसोचेको कुरा पूरा हुँदा उनी हर्षित भएका हुन्। फेदीखोला गाउँपालिकाले गौरव तथा महत्वकांक्षी योजनाका रूपमा लिएको गलेम भीरमा गाडी गुड्दा पौडेललगायत स्थानीयले खुसीको उत्सव नै मनाएका छन्।

गलेम भीर खण्डको ट्र्याकलाई मंगलबार गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरेका छन्। पर्यटकीय तथा कृषि उत्पादनको सम्भावना बोकेको गलेममा मोटरबाटोको सुविधा नहुँदा सयौं घरधुरी अन्यत्र बसाइँ सरेका थिए। फेदीखोला–४ गलेम रापुका ७७ वर्षीया हिमादेवी पाध्या पौडेलले जीवनको उत्तरार्धमा गाउँमै गाडीको सुविधा पाउने भएपछि मरेपछि स्वर्ग जानेमा विश्वस्त छिन्।

उनले भनिन्, ‘सपना हो कि विपना हो थाहा छैन। आँगनमै मोटर देख्न पाउँदा खुशीको सीमा नै छैन।’ गलेम भीर काटेर मोटरबाटो गाउँसम्म आउने कल्पना र सपना आफूले कहिल्यै नदेखेको र नसोचेको उनको भनाइ छ। गाउँपालिकाले आफ्नो पञ्चवर्षीय नीति तथा कार्यक्रमअन्तर्गत गलेम भीर छिचोल्ने योजना राखे पनि दुई वर्षमै निर्माण सम्पन्न भएको हो।

आजको नागरिक दैनिकमा समाचार छ।

 


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*