सुरक्षित गर्भपतन सेवा दुरदराजमा लैजान सरोकारवालाको जोड

२०७६ भाद्र २६,बिहीबार ०८:३९

मकवानपुर, २६ भदौ । मनहरी गाउँपालिकाको दुर्गम क्षेत्रका महिलाहरुलाई सुरक्षित गर्भपतन सेवाका सम्बन्धमा सचेत पार्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

मनहरी गाउँपालिकामा महिला बालबालिका तथा वातावण सुधार केन्द्र (वोचिन्ड) ले आइपास नेपालसँगको सहकार्यमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा जनप्रतिनिधि तथा सरोकारवालाहरुले यस्तो धारणा राखेका हुन् ।

वोचिन्डले जिल्लाका १० वटै स्थानीय तहलाई लक्षित गरी सुरक्षित गर्भपतनसम्बन्धि सचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने क्रममा मनहरी गाउँपालिकामा अभिमुखीकरण कार्यक्रम राखेको हो ।

कार्यक्रममा १ नं वडाध्यक्ष शिवप्रसाद खनाल, ४ नं वडाध्यक्ष ध्रुव खड्का, ५ नं वडाध्यक्ष शुभराज थिङ, ७ नं वडाध्यक्ष ठाकुरराम तितुङ, ८ नं वडाध्यक्ष दिलबहादुर स्याङ्तान, ९ नं वडाध्यक्ष साधुराम अधिकारी र कार्यपालिका सदस्यहरु पम्फा बस्नेत, कृष्ण बिडारी, राममाया चेपाङ, स्वास्थ्य संयोजक टिकाराम अधिकारी लगायतको सहभागिता रहेको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*