भीमफेदीमा सवारी दुर्घटना

२०७६ भाद्र २५,बुधबार १८:१७

मकवानपुर, २५ भदौ । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्वर १ बागझोरास्थित मिनीट्रक दुर्घटना भएको छ ।

बुधबार (आज) काठमाडौंबाट हेटौँडातर्फ आउँदै ना १ ज ७४५८ नम्बरको मिनीट्रक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मकवानपुर प्रहरीका अनुसार, उक्त ट्रक चालकको भने अहिलेसम्म पत्ता लागेको छैन् । गाडी सडकबाट अन्दाजी २० मिटर तल खसेको छ । घटनाको विषयमा थप विवरण आउन बाँकी रहेको मकवानपुर प्रहरीले जनाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*