प्रदेशसभाको बैठकबाट दुई वटा विधयेक पारित

२०७६ भाद्र २५,बुधबार १६:२३

मकवानपुर, २५ भदौ । प्रदेश नं. ३ को आज (बुधबार) बसेको प्रदेशसभा बैठकले दुई वटा विधेयक बहुमतले पारित गरिएको छ ।

बैठकले प्रदेशमा सार्वजनिक नीजि, सहकारी साझेदारीको व्यवस्था गर्न बनेको विधेयक २०७६ र प्रदेशभित्र औद्योगिक व्यवसाय स्थापना र संचालन गर्न बनेको विधेयक २०७६ बहुमतले पारित गरिएको हो ।

बैठकमा आन्तरिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेलले सार्वजनिक नीजि, सहकारी साझेदारीको व्यवस्था गर्न बनेको विधेयक २०७६ र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण प्रसाद नेपालले प्रदेशभित्र औद्योगिक व्यवसाय स्थापना र संचालन गर्न बनेको विधेयक २०७६ क्रमश : पारित गरियोस् भनि प्रस्ताब राखेका थिए ।

उक्त छलफलमा उठेका जिज्ञासाको आन्तरिक मामिला ढुंगेलले उत्तर दिँँदै सरकारले निष्पंक्ष र पारर्दशीका सार्वजनिक, नीजि क्षेत्रका सहकारीहरुलाई समन्वय र सहकार्यबाट प्रदेशका दुर्गम भेगका जनताहरुलाई कृषि उत्पादन, पशुपालन एवम् आर्थिक आत्मनिर्भर बढाउने कार्यक्रमललाई प्रभावकारी बनाउँदै लैजान सरकार प्रतिवद्ध रहेको बताए ।

प्रदेशसभाको चौथो अधिवेशन बैठक वि.स. २०७६ साल बैशाख ३० गतेदेखि सुरु भई आजसम्म ३२ पटक बैठक संचालन भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

सो अवधिभित्र सचिवालयमा ४५ वटा विधेयक दर्ता गरिएकोमध्ये आजको बैठकसम्ममा ४१ वटा विधेयक पारित गरिएको प्रदेशसभा सचिवालयले स्पष्ट गरिएको छ ।

पारित भएको ४१ वटा विधेयकमध्ये ३८ वटा विधेयकमा प्रदेश प्रमुख अनुराधा कोईरालाले प्रमाण्किरण गरिसकेकी छिन् ।
प्रदेशसभामा एक स्वतन्त्र सांसदसहित १०९ जना प्रदेशसभाका सदस्यहरु रहेका छन् ।

प्रदेशसभाको बैठक मुख्यमन्त्री परिषद्को सिफारिस बमोजिम प्रदेश प्रमुख कोईलाले आज राति १२ बजेबाट अन्त्य गरेकी थिइनन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*