मुख्यमन्त्री पौडेलद्वारा गाउँपालिका भवन शिलान्यास

२०७६ भाद्र २५,बुधबार १४:३८

मकवानपुर, २५ भदौ । मकवानपुरको भीमफेदी गाउँपालिकाको ४१ कोठे गाउँपालिका भवन बुधबार (आज) शिलान्यास गरिएको छ ।

गाउँपालिकाको अध्यक्ष हिदम लामाको सभाध्यक्षता तथा प्रदेश नम्वर ३ को मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यतामा गाउँपालिका भवन शिलान्यास गरिएको हो ।

कार्यक्रममा गाउँपालिकाको उपाध्यक्ष पार्वती राना, गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत जीवन कुवर, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, उपप्रमुख भगवती पुडासैनी, भीमफेदी गाउँपालिकाभित्र रहेको वडा अध्यक्षहरु, स्थानीय संघसंस्थाका प्रतिनिधिहरुलागायतको सहभागिता रहेको थियो ।

उक्त भवन करिब ४ करोड १३ लाख बराबरको लागतमा बन्न लागेको हो । आर.एण्ड.सि र नेचुरल को संयुक्त निमार्ण व्यवसायी कम्पनीले निमार्ण गर्ने गाउँपालिकाका भवन आगामी वर्ष २०७७ अषाढ १३ गते सम्पन्न हुने कार्यक्रममा जानकारी गराईएको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*