खोलाले बगाएर मकवानपुरका मुक्तानको मृत्यु

२०७६ भाद्र २५,बुधबार १४:२०

मकवानपुर, २५ भदौ । मकवानपुरको मनहरी खोलाले बगाएर एक जनाको मृत्यु भएको छ ।

खोलाले बगाएर राक्सिराङ गाउँपालिका वडा नम्वर ४, पन्जनीका अन्दाजी ४१ वर्षीय प्रेमबहादुर मुक्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मुक्तानको शव आज (बुधबार) दिउँसो १ बजेको सयमा राक्सिराङ गाउँपालिका वडा नम्वर ५ स्थित खोलाले बगाएको अवस्थामा फेला परेको मकवानपुर प्रहरीले जनाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*