काकाद्वारा ११ वर्षीया भतिजी बलात्कार

२०७६ भाद्र २५,बुधबार १३:३०
file photo

बागलुङ, २५ भदौ । बागलुङमा ११ वर्षीया बालिकालाई आफ्नै काकाले बलात्कार गरी फरार भएका छन् ।

बालिकालाई बलात्कार गरी काठेखोला गाउँपालिका–५ का ६१ वर्षीय चन्द्रबहादुर सुनार फरार भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

बालिकालाई आर्थिक प्रलोभनमा पारी बलात्कार गरेको भन्दै पीडित पक्षले मङ्गलबार बागलुङ प्रहरीमा उजुरी दर्ता गरेपछि काकाद्वारा भतिजी बलात्कार गरेको रहस्य खुलेको हो ।

गत भदौ १५ गते तीजको दिन बालिकालाई सुनारले बलात्कार गरेका थिए ।

आरोपित सुनार फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*