१९ लाख ठगेर फरार भएका केसी दुई महिनापछि पक्राउ

२०७६ भाद्र २५,बुधबार १०:३९
File Photo

काठमाडौं, २४ भदौ । मकाउ पठाइ दिने भनी ठगी गर्ने रौतहट चन्द्रपुर नगरपालिका–३ घर भइ काठमाडौं महानगरपालिका–५ बस्ने विनोद बस्नेत (विनोदमणि) भनिने ४२ वर्षीय राजु केसीलाई प्रहरीले पक्राउ गरेको छ ।

केसीलाई महानगरीय अपराध महाशाखाको टोलीले सोमबार दिउँसो काठमाडौंको हाँडीगाउँबाट पक्राउ गरेको हो ।

उनले आकर्षक तलवमा मकाउ पठाइदिने भन्दै प्रलोभनमा पारी ६ जनाबाट पटक–पटक गरी १९ लाख १० हजार रुपैयाँ लिएर गत जेठ महिनादेखि फरार भएको अपराध महाशाखाले जनाएको छ ।

ठगिएका गोरखा पालुङटार नगरपालिका–८ का रामशरण कोइरालासहित ६ जनाले जेठ १४ गते संयुक्त जाहेरी दिएपछि महाशाखाको टोलीले केसीलाई पक्राउ गरी अनुसन्धान थालेको हो ।

प्रहरीले केसीबाट फरकफरक नाममा रहेकान दुईवटा सवारी चालक अनुमति पत्रसमेत बरामद भएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*