विप्लवका छोरा प्रकाश पक्राउ

२०७६ भाद्र २५,बुधबार १०:२८

चितवन, २५ भदौ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लवं) का छोरा प्रकाश चन्द पक्राउ परेका छन् ।

उनलाई चितवन मेडिकल कलेजबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

चितवन मेडिकल कलेजका विद्यार्थीहरु केहीदिन अगाडिदेखि विभिन्न माग राखी आन्दोलनरत छन् । सो आन्दोलनको अगुवाइ प्रकाश चन्दले गर्दै आएका थिए ।

प्रकाशलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय चितवनभित्र राखिएको स्थानीय प्रहरीले जनाएको छ । उनीसहित आन्दोलनमा उत्रिएका अन्य केही विद्यार्थीहरुलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुलाई अस्पतालभित्रै प्रवेश गरी सेवा प्रवाहमा अवरोध खडा गर्ने र तोडफोड गर्न खोजेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*