जबर्जस्ती करणी गरेको आरोपमा इञ्जिनीयर पक्राउ

२०७६ भाद्र २५,बुधबार १०:१४

मकवानपुर, २५ भदौ । बलात्कारको आरोपमा प्रहरीले मेलौली नगरपालिकाका इञ्जिनीयर २७ वर्षीय रोशन चन्दलाई पक्राउ गरेको छ ।

स्थानीय १७ वर्षीय किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा किशोरीका आफन्तले दिएको जाहेरीका आधारमा उनलाई मंगलबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार किशोरीको स्वास्थ्य परीक्षण भइरहेको छ । चन्दलाई पक्राउ गरी अनुसन्धानका लागि डडेल्धुरा पठाइने प्रहरीले जनाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*