हेटौँडा–१३ मा जनसाङ्ख्यिक तथा स्वास्थ्य तथ्याङ्क संकलन

२०७६ भाद्र २५,बुधबार १०:००

मकवानपुर, २५ भदौ । ग्रामीण महिला सेवा केन्द्रको सहयोगमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले हेटौँडा–१३ मा जनसाङ्ख्यिक तथा स्वास्थ्य तथ्याङ्क संकलन गरेको छ ।

प्रतिष्ठानले गत शुक्रबारदेखि मंगलबारसम्म १३ नं. वडाका ८ सय १३ घरधुरीका परवाको स्वास्थ्य अवस्थाको बारेमा तथ्याङ्क संकलन गरेको हो ।

मंगलबार पत्रकार सम्मेलन गर्दै अजयराम भण्डारीले प्रतिष्ठानमा अध्ययनरत ६७ जना विद्यार्थी परिचालन गरी सो अध्ययन तथा संकलन कार्य गरिएको जानकारी दिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*