जालपादेबी माविको ४५ औं वार्षिक अभिभावक भेला सम्पन्न

२०७६ भाद्र २४,मंगलवार १०:०८

मकवानपुर, २४ भदौ । मकवानपुरगढी गाउँपालिका वडा नम्वर ६ स्थित श्री जालपादेबी माविको ४५ औं वार्षिक अभिभावक भेला शनिबारसम्पन्न भएको छ ।

भेला विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर स्याङ्तानको अध्यक्षता तथा गाउँपालिका प्रमुख बिदुर हुमगाईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

भेलामा प्रधानाध्यापक मनकाजी घलानले विद्यालयको शैक्षिक तथा प्रसासनिक प्रतिवेदन र शिक्षक भवनाथ गौतमले आर्थिक वर्ष २०७६–०७७ का लागि १ करोड ३३ लाख ६९ हजार ३ सय ९५ रुपैयाँ बराबरको अनुमानित आय–ब्यय पेश गरेका थिए ।

भेलामा शैक्षिक सत्र २०७५ मा कक्षा १ देखि एसईई परीक्षासम्म प्रथम द्धितीय र तृतीय हुने विद्यार्थिलाई पुरस्कार वितरण गरिएको थियो ।

भेलाले अभिभावकहरु मध्येबाट नर बहादुर स्याङ्तान, लक्ष्मण ढुङ्गाना, सरिता बस्नेत र चिनिमायाँ लुङ्वासहित ४ सदसीय नया विद्यालय ब्यवस्थाप समिति सदस्य छनौट गरेको छ । यो समितिले अध्यक्षसहित अन्य ५ सदस्य मनोनयन गर्ने कानुनी ब्यवस्था रहेको छ ।

उक्त भेलाले कल्पना ढुङ्गानाको अध्यक्षतामा ११ सदसीयय शिक्षक अभिभावक संघ समेत गठन गरिएको शिक्षक भवनाथ गौतमले जानकारी दिए ।

कार्यक्रममा मकवानपुरगढी गाउँपालिका का सामाजिक विकास संयोजक एवम् वडा नं ५ का अध्यक्ष जितबाहदुर घिमिरे, वडा नं ६ का अध्यक्ष टीका प्रसाद दाहाल, गाउँ शिक्षा प्रमुख राम बहादुर घलान, गाँउपालिका शिक्षक महासंघ अध्यक्ष लिलानाथ ढुङ्गेल लगायतकाले स्वागत मन्तब्य ब्यक्त गरेका थिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*