निजामति सेवा पुरस्कार २०७५ बाट परियार पुरस्कृत

२०७६ भाद्र २३,सोमबार १०:२०

मकवानपुर २३ भदौ । सरकारले निजामती कर्मचारीलाई निजामति सेवा दिवसको अवसर पारेर हिजो आइतबार सम्मानपत्रसहित सम्मान गरेको छ ।

दिवसको अवसरमा निजामति सेवा पुरस्कारबाट मकवानपुरका भिमबहादुर परियार पुरस्कृत भएका छन् । परियार मकवानपुर गढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुन् । उनी २२ भाद्रमा पुरस्कृत मकवानपुरका एक मात्र कर्मचारी हुन् । उनी निजामति सेवा पुरस्कार २०७५ बाट सम्मानित भएका हुन् ।

आर्थिक वर्ष २०७४/०७५ मा उत्कृष्ट निजामती सेवा पुरस्कार एवं निजामती सेवा पुरस्कार सेवा पुरस्कार प्राप्त गर्ने निजामती कर्मचारीलाई सिंहदरवारमा आयोजना विशेष कार्यक्रमका बिच सम्मान पत्र वितरण गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

पुरस्कृत परियार सहकारी क्षेत्र र स्थानीय तहमा लामो समय काम गरिसकेका निजामति कर्मचारी हुन् । उनी यसअघि थाहा नगरपालिकाका समेत प्रमुख प्रशासकीय अधिकृत भएर सेवा गरिसकेका छन् भने डिभिजन सहकारी कार्यालय मकवानपुरका प्रमुख समेत भैसकेका छन् ।

सरकारले वर्षेनी निजामति सेवा दिवसको अवसरमा एक जनालाई सर्वोत्कृष्ट, १० जनालाई उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जनालाई निजामती सेवा पुरस्कार प्रदान गर्दै आएको भएपनि सर्वोत्कृष्ट पुरस्कार दिने कर्मचारी भेटाउन सकेन ।

विकास खबरको सहयोगमा


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*