नेफिन हेटौंडामा नयाँ समिति चयन

२०७६ भाद्र २२,आईतवार १३:२१

मकवानपुर, २२ भदौ । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) नगर समन्वय परिषद् हेटौंडाको सर्वसहमत रुपमा नयाँ कार्यसमिति चयन गरिएको छ ।

शनिवार हेटौंडामा भएको तेस्रो अधिवेशनले नरेशलाल श्रेष्ठको अध्यक्षतामा १० सदस्सीय कार्यसमिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा राजाराम थापा मगर, रामकृष्ण राई दनुवार र सारङ्गी राई, सचिवमा आत्माराम मोक्तान, कोषाध्यक्षमा चन्द्रबहादुर गुरुङ्ग (तमू) तथा सहसचिवहरुमा सविता भुजेल, प्रताप चेपाङ, शीला चौधरी र रेक्सोना कुमाल रहेका छन् ।

कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) गाउँ समन्वय परिषद् निवुवाटारका अध्यक्ष नरहरि गरञ्जा मगर सम्मानित भएका छन् ।

तत्कालिन निवुवाटार गाबिसमा आदिवासी जनजातिलाई एकता र सशक्तीकरणमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै उनलाई दोसल्ला ओडाई सम्मान पत्र प्रदान गरिएको थियो ।

कार्यक्रम नेफिन हेटौंडाका अध्यक्ष जंगबहादुर गुरुङको सभाध्यक्षतमा तथा प्रदेश ३ का सांसद प्रेमबहादुर पुलामी मगरको प्रमुख आतिथ्यतामा भएको हो ।

उक्त कार्यक्रममा प्रदेश ३ का सांसदहरु सन्तलाल चेपाङ र ओम घलान तथा नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) जिल्ला समन्वय परिषद मकवानपुरका अध्यक्ष तीर्थबहादुर थापा मगरको बिशेष आतिथ्यमा रहेको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*