आज मकवानपुरको राक्सिराङ गाउँपालिकामा सार्वजनिक विदा

२०७६ भाद्र २२,आईतवार १०:५३

मकवानपुर, २२ भदौ । चेपाङ बाहुल्य रहेको मकवानपुरको राक्सिराङ गाउँपालिकाले आज (आइतबार) गाउँपालिका क्षेत्रभित्र सार्वजनिक बिदा दिएको छ ।

छोनाम न्वाँगी पर्वको अवसरमा राक्सिराङ गाउँपालिका क्षेत्रभित्र सार्वजनिक विदा दिएको गाउँपालिकाको अध्यक्ष राजकुमार मल्लले जानकारी दिए ।

राक्सिराङ गाउँपालिकाको ३० हजार जनसंख्या मध्ये १३ हजार भन्दा धेरै जनसंख्या चेपाङ जातीको रहेको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*