वडाध्यक्ष मुक्तानले गरे वडा कार्यालयलाई १५ धुर जग्गा हस्तान्तरण

२०७६ भाद्र २१,शनिबार ०९:५३
file photo

मकवानपुर, २१ भदौ । मकवानपुरको कैलाश गाउँपालिका वडा नम्वर १० का वडा अध्यक्ष माणिकलाश मुक्तानले आफ्नो वडा कार्यालयलाई १५ धुर जग्गा दान गरेका छन् ।

वडा अध्यक्ष मुक्तानले कैलाश गाउँपालिका वडा नम्वर १० को भवन बनाउन १५ धुर जग्गा दान गरेका हुन् ।

उनले उक्त जग्गा पास गरेर गाउँपालिकालाई हस्तान्तरण गरेको वडा सचिव रामचन्द्र शिवाकोटीले जानकारी दिए ।

आफ्नो वडा कार्यालय भाडामा राखिरहनु परेकोले गाउँपालिका र वडालाई भवन निर्माण गर्न १५ धुर जग्गा निःशुल्क पास गरेर दिएको अध्यक्ष मुक्रानले बताए ।

नेपाली काँग्रेस पार्टीबाट वडा अध्यक्षमा निर्वाचित मुक्रानले विहिबार कैलाश गाउँपालिकाका सामाजिक परिचालक मोहन पौडेल र वडा सचिव शिवाकोटीको रोहवरमा वडा नम्वर १० को नाममा कित्ता नम्बर १५७९ को १५ धुर जग्गा पास गरेर दिएका हुन् । आजको साझाकुरा दैनिकमा समाचार छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*