बाराबाट मकवानपुरका २ जनासहित ३ जना पक्राउ

२०७६ भाद्र २०,शुक्रबार १८:०९

बारा, २० भदौ । बारामा नक्कली सवारी चालक अनुमतिपत्र (स्मार्ट कार्ड) सहित तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा मकवानपुरको बकैया गाउँपालिका– ८ का ३९ वर्षीय राम बहादुर स्याङतान, सोही स्थानमा ३३ वर्षीय गोपाल सिंह भुलुन र बाराको सुवर्ण गाउँपालिका–५ का ४५ वर्षीय गगनदेव साह रहेका छन् ।

प्रहरीले उनीहरुको साथबाट ४ थान नक्कली स्मार्टकार्ड, ८ लाख २५ हजारको राम बहादुर स्याङतानको नाममा काटिएको विभिन्न बैंकको चेक समेत बरामद गरेको छ ।

उनीहरुलाई पक्राउ गरी घटनाको विषयमा थप अुनसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*