भीमफेदी दुर्घटना अपडेट : तीन जनाको मृत्यु

२०७६ भाद्र २०,शुक्रबार १७:३८

मकवानपुर, २० भदौ । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्वर ६ जुरिखेतमा भएको सवारी दुर्घटना परी ३ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा रामेछाप रजन गाउँपालिकाकी १० महिने बालिका समरागी माझी, महोत्तरी माइस्थान–६ बस्ने ७० वर्षीय बिरसिंह वाइवा, सर्लाही बरहथवा नगरपालिका वडा नम्बर–३ का ६० वर्षीय महेन्द्र सहनी रहेका छन. ।

दुर्घटनामा परी गम्भीर घाईते भएका उनीहरुको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार साहनीको चुरेहिल र अन्य दुई जनाको हेटौँडा अस्पतालमा मृत्यु भएको हो ।

सर्लाहीबाट काठमाण्डौँतर्फ जाँदै गरेको सर्लाही सुमो सेवाको ना १ ज ३६४० नम्वरको सुमो जुरिखेतको चियानडाँडामा दुर्घटना भएको थियो ।

उक्त दुर्घटनामा परी अन्य ७ जना घाईते छन् । उनीहरुको चुरेहिल हस्पिटल र हेटौँडा अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*