रेडियो सरवरद्वारा बनकरियालाई दर

२०७६ भाद्र १३,शुक्रबार १८:३९

मकवानपुर, १३ भदौ । हेटौंडाबाट संचालित रेडियो सरोबर ९२.५ मेगाहर्जले नेपालकै लोपोन्मुख जातिको रुपमा रहेका बनकरियालाई तिजको दर खुवाइएको छ ।

रेडियो सरोबले बिहिबार मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ४ मुसेधापमा रहेका बनकरियालाई तिजको दर खुवाएको हो ।

घरजग्गा व्यवसायी संघ मकवानपुरको सहयोगमा करिव २ सय भन्दा बढीलाई दर खुवाएर तिज कार्यक्रम गरिएको रेडियोका स्टेसन मेनेजर राजु लामिछानेले बताए ।

कार्यक्रममा रेडियोका स्टेसन मेनेजर लामिछानेको सभाध्यक्षता तथा नेपाल पत्रकार महासंघ प्रदेश ३ का अध्यक्ष प्रताप विष्टको प्रमुख आतिथ्यतामा भएको हो ।

कार्यक्रममा कलेज अफ इन्फर्मेसन टेक्नोलोजी सिआइटी हेटौंडाले शैक्षिक सामाग्री हस्तान्तरण समेत गरेको थियो । सिआइटीका संचालक दिनेश रिजालले सन्तोषी बनाकरियालाई शैक्षिक सामाग्री हस्तान्तरण गरेका हुन् ।

साथै बनकरिया बालबालिकालाई सिआइटीले कम्प्युटर निःशुल्क पढाइदिने समेत जनाएको छ ।

त्यस्तै हेटौंडाको मनकामना इन्स्टिच्युटले बनकरियाका बालबालिकालाई सम्पूर्ण ट्युसन तथा लोकसेवा कक्षाहरु निःशुल्क पढाउने बताएको छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश ३ का महासचिव कृष्ण सारु मगर, ४ नम्बर वडा अध्यक्ष ध्रुब खड्का, नारायणी मल हेटौंडाका सञ्चालक कैलाश ढकाल, गायक अन्जन दाहाललगायतको उपस्थिति रहेको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*