मनहरीका दोङ हेटौँडाबाट पक्राउ

२०७६ भाद्र १३,शुक्रबार १४:२८

मकवानपुर, १३ भदौ । ईलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुरबाट खटिएको प्रहरी टोलीले ५ किलो ४ सय ग्राम लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले उक्त लागूऔषध गाँजासहित मकवानपुरको मनहरी गाँउपालीका वडा नं. २ बस्ने २६ वर्षीय बिर बहादुर दोङ लाई पक्राउ गरेको हो ।

उनलाई मकवानपुरको हेटौँडा–१९, नेवारपानीस्थित सडकखण्डमाबाट विहिबार (हिजो) पक्राउ गरेको हो ।

उनलाई पक्राउ गरी लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम दण्ड सजाय १ वर्षदेखि ३ वर्षसम्म कैद र ५ हजारदेखी २५ हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने मकवानपुर प्रहरीले जनाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*