मोटरसाईकल त्यागेका वडा अध्यक्षद्वारा ६ महिनाको तलब विद्यालयलाई

२०७६ भाद्र १३,शुक्रबार ०९:५८

मकवानपुर, १३ भदौ । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्वर ६ का अध्यक्ष सिंगलाल प्रजा (चेपाङ) ले आफूलाई राज्यले उपलब्ध गराउने ६ महिनाको तलब विद्यालयलाई हस्तान्तरण गरेका छन् ।

राक्सिराङ गाउँपालिका ६ सिलिंगेस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा छात्राबास निर्माणका लागि जग्गा खरिद गर्ने प्रयोजनका लागि उनले १ लाख २० हजार रुपियाँ हस्तान्तरण गरेका हुन् ।

बिहिबार दिउँसो विद्यालयमा आयोजित तीज विशेष समारोहमा उनले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोतीराम प्रजालाई नगद हस्तान्तरण गरेका हुन् ।

यसअघि गाउँपालिकाले उपलब्ध गराएको मोटरसाइकल पनि बहिस्कार गरेका वडाध्यक्ष सिंगलालले आफ्नो गाउँमा बन्न लागेको छात्राबासका लागि नगद सहयोग गर्न पाउँदा खुसी लागेको बताए ।

कार्यक्रममा जनचेतना कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष दिनेश चेपाङ, सिमरगाउँ टोल विकास संस्थाका अध्यक्ष दिलबहादुर लोप्चन लगायतले शुभकामना मन्तब्य ब्यक्त गरे ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*