चट्याङले लियो मकवानपुरकी एक महिलाको ज्यान

२०७६ भाद्र १२,बिहीबार ०८:४४

मकवानपुर, १२ भदौ । मकवानपुरमा बुधबार साँझ चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।

चट्याङ लागेर सोही मकवानपुरगढी गाउँपालिका वडा नम्वर २ की ३० वर्षीया सुन्तली विकको मृत्यु भएको हो ।

विकलाई घरमै बसिररहेको बेला चट्याङ लागेर थियो । चट्याङ लागेर गम्भीर घाईते भएका उनलाई उपचारको लागि हेटौंडा अस्पताल ल्याएको थियो । उनलाई अस्पताल ल्याउनी बित्तिकै डाक्टरले मृत घोषणा गरेका थिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*