कलाकार हरिहर शर्मा र शकुन्तला शर्मालाई ‘शिव पार्वती’ सम्मान

२०७६ भाद्र ११,बुधबार १६:१३

फेसियल हाउसले तीज विशेष कार्यक्रमका बिच अग्रज कलाकार हरिहर शर्मा र शकुन्तला शर्मालाई ‘शिव पार्वती’ को रुपमा सम्मान गरेको छ ।

हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको पुर्वसन्ध्यामा महिला चेम्बर कि अध्यक्ष उर्मिला श्रेष्ठको प्रमुख आतिथ्यतामा आयोजित ुफेसियल हाउस तीज महोत्सव २०७६ु कार्यक्रममा हरिहर र शकुन्तलालाई उक्त सम्मान प्रदान गरिएको हो ।

नेपाली वाङमयका विभिन्न विधा साथै नेपाली नाटक तथा फिल्म क्षेत्रमा उनीहरुले योगदानको कदर गर्दै, जीवनको हरेक पाइलामा अविचलित रहँदै एकअर्काको सारथी बनेर अगाडि बढिरहेको हरिहर–शकुन्तला जोडीलाई शिव पार्वती जोडीको संघ्या दिँदै उक्त सम्मानबाट सम्मानित गरिएको फेसियल हाउसकी प्रवन्ध निर्देशक सुष्मा महराले बताइन् ।

कार्यक्रममा सभामुख कृष्ण बहादुर महराको धर्मपत्नी सिता महरालाई लाईफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो ।

महिला सशक्तिकरण लागी लोकतान्तृक आन्दोलनमा समेत सामेल भएकी उनलाई सोही कार्यको कदर गर्दै अवार्द प्रदान गरिएको हो ।

सोही कार्यक्रममा चलचित्र पत्रकार संघ नेपालको आयोजनामा आगामी भदौ १८,१९ र २० गते पोखरामा हुन लागेको कार्यशाला गोष्ठीको सफलताको शुभकामानसहित आर्थिक सहयोग समेत प्रदान गरिएको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*