जबरजस्ती करणी गरेको अभियोगमा मकवानपुरका ब्लोन पक्राउ

२०७६ भाद्र ११,बुधबार ०९:१९

मकवानपुर, ११ भदौ । जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले मकवानपुरका एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्वर १ कुविनटार बस्ने ४२ वर्षीय बिक्रम ब्लोन रहेका छन् ।

उनलाई गत शुक्रबार मकवानपुरकी २६ वर्षीया एक महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले सोमबार राति पक्राउ गरेको
हो ।

प्रहरीका अनुसार, ब्लोनलाई पक्राउ गरी घटनाको विषयमा थप आवशयक अनुसन्धान भइरहेको जनाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*