कालिकाद्वारा राहत सुविधा रकम हस्तान्तरण

२०७६ भाद्र ११,बुधबार ०८:३९

मकवानपुर ११ भदौ । थाहानगरपालिकास्थित कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा कार्यालय ओखरबजार अन्तरगत २ जना सदस्यहरुलाई संस्थाको दैवीप्रकोप राहत सुविधा अन्तरगत जनही १० हजार रुपैयाँका दरले हस्तान्तरण गरिएको छ ।

गत असार महिनाको अन्तिम सातामा परेको अविरल बर्षाको कारण सदस्यहरुको घर भत्केर क्षति भएको कारण संस्थाको सामाजिक उत्तरदायित्व अन्तरगत उक्त राहत सुविधा हस्तान्तरण गरिएको शाखा प्रमुख बिक्रम न्यौपानेले बताए ।

संस्थाको चौतारा कालिका महिला विकास केन्द्र थाहा ३ का सदस्यद्वय बृन्दा योञ्जन र लक्ष्मी माया नेगीको घर बर्षाका कारण क्षति भएकोले उनीहरुलाई उक्त रकम हस्तान्तरण गरिएको हो ।

सोमबार सदस्यहरुको घरमै गएर थाहा नगरपालिका वडा नम्वर ३ का सदस्य भरत लामा, शाखा प्रमुख विक्रम न्यौपाने, केन्द्र प्रमुख माया थापाले संयुक्त रुपमा राहत रकम हस्तान्तरण गरेका थिए ।

हस्तान्तरणका क्रममा संस्थाका कर्मचारी राजकुमार के.सी., सुन्दर घिमिरे र केन्द्रका सदस्यहरुको सहभागिता थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*