बाग्मती गाउँपालिका ५ का २० जना काँग्रेसमा प्रवेश

२०७६ भाद्र ८,आईतवार १२:३७

मकवानपुर, ८ भदौ । नेपाली काँग्रेस बाग्मती गाउँपालिका ५ को आयोजनामा लालभित्तीमा युवा भेला, प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रम संगठन विभाग जिल्ला सदस्य भीमप्रसाद घिमिरेको प्रमूख आतिथ्यतामा शनिबार सम्पन्न भएको हो ।

कार्यक्रममा नेकपा पार्टी, राप्रपालगयात अन्य पार्टी परित्याग गरी २० जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

कार्यक्रममा अतिथिहरु कांग्रेस १ नम्बर क्षेत्रीय उपसभापति डिल्लीप्रसाद घोरासैनी, शिक्षक संघ जिल्ला सदस्य ज्ञानबहादुर थापा, बाग्मती १ का वडाअध्यक्ष ठगेन्द्र वाईबा, बाग्मती गाउँपालिका सदस्य केदार थापा, बागमती ४ नम्बर वडा सभापति सुदिप पाख्रिनलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम काँग्रेस बागमती ५ का वडा सभापति तिलक माझीको सभाध्यक्षतामा भएको हो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*