मकवानपुरमा पीपीआरले मर्न थाले खसीबाख्रा

२०७६ भाद्र ७,शनिबार ०८:५३
file photo

मकवानपुर, ७ भदौ । मकवानपुरका राक्सिराङ गाउँपालिका वडा नम्वर ९ खैराङमा रहेको विभिन्न बस्तीमा एक महिनाको अवधिमा १ सय भन्दाबढी बाख्रा मरेपछि किसानहरुले जती सक्दो चाडो खसी, बोका र बाख्रा बिक्री गर्न थालेका छन् ।

स्थानीय युवा यानेन्द्र थिङका अनुसार खसी, बोका र बाख्रालाई निरन्तर ज्वरो आउने, सिंगान बगाउने, घाटीमा घाउखटिरा आउने र पखाला लाग्ने जस्ता लक्षण देखा परेपछि मर्ने गरेको छ ।

यस्तो लक्षण पीपीआरको भएको राक्सिराङ निवासी पशु प्राविधिक इन्द्र थिङ बताउँछन् । उनका अनुसार, राक्सिराङ–९ को तालाङ, सल्लेनी, गैजुराङ, टार, कोटेबाड, अठारेलगायत टोलमा पालिका बाख्रा मर्न थालेका छन् । या समाचार आजको हेटौडा सन्देशमा समाचार छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*