इन्द्रसरोवरका ४० परिवारलाई कांग्रेस मकवानपुरले गर्यो राहत वितरण

२०७६ भाद्र ६,शुक्रबार १९:२८

मकवानपुर ६ भदौ । नेपाली कांग्रेस मकवानपुरले ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर ४ र ५ का बाढीपहिरोबाट प्रभावित भएकाहरुलाई राहत वितरण गरेको छ । कांगे्रेस मकवानपुरले आज शुक्रबार एक कार्यक्रमको आयोजना गरी ४० घरधुरीलाई राहत वितरण गरेको हो ।

बाढी प्रभावित ४० परिवारलाई चामल, दाल, तेल, नून, म्याट र त्रिपाल सहयोग गरिएको नेपाली कांग्रेस हेटौंडा नगर सभापति आनन्दराम पराजुलीले जानकारी दिए ।

वडा नम्बर ५ का सभापति विनय कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा नेपाली कांग्रेस २ नम्बर क्षत्रीय सभापति यतिराज सापकोटा, नगर सभापति आनन्दराम पराजुली, ईन्द्रसरोवर गाउँपालिका संयोजक जवान सिंह लगायतकाले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा हेटौंडा १६ का अध्यक्ष रामकृष्ण कोईराला, कांग्रेस नेता होमनाग गौतम, नवराज न्यौपाने, विष्णु कार्की, निर्मला रुम्बा, राजेश सापकोटालगायतकाको उपस्थिति रहेको थियो ।

नगरकोटीको श्रद्धाञ्जलीसभा

नेपाली कांग्रेसका पुराना नेता नानिबाबु नगरकोटीको निधन भएको १२ औँ दिनको पुण्यतिथिमा नेपाली कांग्रेस ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर ५ ले श्रद्धाञ्जली सभाको आयोजना गरेको छ ।

८७ वर्षको उमेरमा निधन भएका नगरकोटी नेपाली कांग्रेस मकवानपुरका पूराना नेता हुन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*