८१ किलो गाँजासहित मकवानपुरबाट साह पक्राउ

२०७६ भाद्र ३,मंगलवार १६:००

मकवानपुर, ३ भदौ । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्वर ३ पलासे बसपार्क नजिकैबाट अवैध लागूऔषध ८१ किलो ७ सय ६० ग्रामसहित प्रहरीले एक जनालाई पक्राउ गरेको ।

प्रहरीले उक्त लागूऔष गाँजासहित सप्तरी डाक्नेश्वरी गाउँपालिका–९ बस्ने घुरन साहलाई सोमबार पक्राउ गरेको हो ।

उनलाई विशेष सुचनाको आधारमा प्रहरी निरीक्षक पवन कुमार झाको कमाण्डमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ ।

निजलाई पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारवाही भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*