मकवानपुरमा चट्याङ लागेर थिङको मृत्यु, मोक्तान घाईते

२०७६ भाद्र १,आईतवार १८:४२

मकवानपुर, १ भदौ । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्वर ८ ताम्बुङमा आईतबार दिउँसो ४ः ५० बजेको समयमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय गोपाल थिङको श्रीमती वर्ष ४३ की कान्छिमाया थिङ रहेकी छिन् । चट्याङ लागेर कान्छिमायाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

त्यसैगरी चट्याङ लागेर स्थानीय ३२ वर्षीया सुस्मीता मोक्तान घाईते भएकी छिन् । चट्याङ लागेर मोक्तानको कम्मरभन्दा मुनिको भाग नचल्ने भएको छ । उनलाई उपचारको लागि अस्पताल ल्याउँदै गरेको र्इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*