लागूऔषध गाँजासहित मकवानपुरका लामा र मोक्तान पक्राउ

२०७६ श्रावण ३०,बिहीबार ०९:५६

मकवानपुर ३० साउन । जिल्ला प्रहरी कार्यालय मकवानपुरले लागूऔषध गाँजासहित २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा कैलाश गाउँपालिका वडा नम्वर ६ बस्ने बर्ष २० को भिमसेन मोक्तान र सोही गाउँपालिका वडा नम्वर ६ बस्ने बर्ष २६ को रोशन लामा रहेका छन् ।

प्रहरीले उनीहरुको साथबाट ५९ किलो ५८० ग्राम, गाँजा बरामद गरेको हो ।

हिजो बुधबार दिउँसो जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौँडा १० स्थित बसपार्कमा चेँकजाँचको क्रममा बा ५ ख १८२५ नम्वरको मिनी ट्रकबाट सो गाँजा फेला परेको हो ।

घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख एसपी मुकेश कुमार सिंहले जानकारी दिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*