भीमफेदी–कुलेखानी–फर्पिङखण्ड सडक हो की एम्बुस ?

तु खबर संवाददाता
२०७६ श्रावण २१,मंगलवार १८:०६

मकवानपुर २१ साउन । प्रदेश ३ को राजधानी हेटौँडाबाट संघीय राजधानी काठमाडौ जोड्ने छोटो दुरीको मार्ग भीमफेदी–कुलेखानीहुँदै फर्पिङसम्मको सडकखण्ड बर्षापछि निकै जोखिमपूर्ण बनेको छ ।

्बर्षाको कारण बाढी र पहिरो गएपछि सडकका अधिकाँश स्थान जोखिमपूर्ण बनेका छन् । डिभिजन सडक कार्यालय हेटौँडाले सडकमा भएका सामान्य अवरोध हटाएपनि जोखिम कायमै रहेकोले सवारीसाधन निर्वाध रुपमा चल्न भने सकेका छैनन् ।

छोटो दुरीको मार्ग भएकोले बीरगंज तथा हेटौँडाबाट दैनिक हजारौँ यात्रुहरु उक्त सडकखण्डहुँदै काठमाडौँ जाने गर्छन् । तर बर्षायाममा सामान्य झरी पर्दासमेत सडक अवरुद्ध हुँदा सवारीयात्रुहरुले निकै कष्ट भोग्नुपरेको छ ।

कुलेखानी हेबीदेखि हुमाने भञ्ज्याङ् हुँदै फर्पिङसम्म सडकका सयौँ स्थानमा पहिरो गएको छ । अधिकाँश स्थानमा सडक भासिएर सडकको आधाभाग मात्रै बाँकी छ । कतै सडकभन्दा तलको माटो भासिएर स्लाब ढलानमात्रै अडिएको छ । सडकबारे जानकारी दिन निर्माण गरिएका बोर्डहरुलाई बाढीले बगाएको छ । कतै लडेको अवस्थामा छ ।

बर्षामा उर्लेर आउने राकस खोला, महालक्ष्मी खोला नामक खहरेले सडकलाई तहसनहस गर्नुको साथै वरपरको बस्ती समेत जोखिममा पारेको छ । सडकमा भएका हजारौँ खाल्डाखुल्डीका कारण सो सडकहुँदै चल्ने २ वा ४ पाङ्ग्रे सवारी सुरक्षित गन्तव्यसम्म पुग्लान भन्न सकिने अवस्था छैन । सडकको अवस्थाकै कारण दैनिकजसो सवारी दुर्घटनासमेत हुने गरेको छ ।

स्याउलीबजार र हुमाने भञ्ज्याङ्मा पनि निकै जोखिम छ । साँधुरोबाटो त्यसमाथिपनि बर्षाले तहसनहस पारेको सडक, सडक जस्तो छैन ।

केहीबर्षअघि विश्व बैँकको १३ करोड ३८ लाख अनुदान लागतमा कुलेखानीदेखि हुमाने भञ्ज्याङसम्म सडक स्तररोन्नतीको काम भएको थियो । तर स्तररोन्तती भएकै स्थानहरुमा बर्षापछि बढी क्षति पुगेको देखिन्छ ।

हाल सडक एम्बुस जस्तै जोखिमपूर्ण छ । समयमै सम्बन्धित निकायको चासो पुग्नु आवश्यक देखिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*