अवैध लागूऔषध गाँजा १४ केजीसहित हेटौंडाबाट ३ जना पक्राउ

तु खबर संवाददाता
२०७६ श्रावण २०,सोमबार १३:३९

मकवानपुर २० साउन । जिल्ला प्रहरी कार्यालय मकवानपुरले अवैध लागूऔषध गाँजा १४ किलो ९ सय ग्रामसहित हेटौंडाबाट ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा मकवानपुरको मनहरी गाउँपालिका वडा नं. ८, देउकोट बस्ने १९ वर्षीय जिवन मोक्तान, पर्साको बिरगंज महानगरपालिका वडा नं. १०, रानिघाटका २४ वर्षीय राजेश पटेल र १९ वर्षीय मुन्ना अन्सारी रहेका छन् ।

उनीहरुलाई विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी निरीक्षक पवन कुमार झासमेतको टोलिले पक्राउ गरेको हो ।

आज (सोमबार) बिहान हेटौंडा–११, थानाभञ्याङस्थित सडकखण्डमा मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको ना १ ह ९७४६ नं. को अटोलाई रोकी चेकजाँच गर्ने क्रममा अटोको सिटमुनी, छतमाथि त्रिपालले छोपि लुकाई छिपाई राखेको अवस्थामा उक्त लागूऔाषध गाँजासहित उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, उक्त गाँजा, अटो र उनीहरुलाई नियन्त्रणमा लिनुका साथै घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।

यस्तै, प्रहरीले गत बैशाख ६ गते भारतीय कारमा बरामद गरेको ४८ किलो ८ सय ग्राम गाँजाका मूख्य अभियुक्तलाई पनि पक्राउ गरेको छ ।

प्रहरीले भारत विहान पटनाका ३४ बर्षीय प्रवल अग्निवेशलाई शनिबार चितवन पुलचोकबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो । प्रहरीले यसअघि कार चालक विहार बैलाशीका ३२ बर्षीय अमरजित सिंहलाई पक्राउ गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*