मकवानपुरको बाढी प्रभावित क्षेत्रमा सांसदको टोली

मकवानपुर ११ साउन । अर्थ समिति सभापति एवं मकवानपुरे सांसद कृष्णप्रसाद दाहाल, राष्ट्रिय सभाका सांसद रामचन्द्र राई र सांसद प्रेम बहादुर पुलामी सहितको टोली आज मकवानपुरको बकैया र बागमती गाउँपालिकाका बाढी प्रभावित क्षेत्रमा अनुगमनको लागि पुगेका छन् ।
बर्षाले क्षति पुगको बकैयाको जुरेली, हात्तिसुँडे सहितको क्षेत्र तथा बागमतीको फापरबारी, पाँचपाण्डव लगाएतको क्षेत्रमा उनीहरुले अनुगमन गरेका हुन् ।
अनुगमन पश्चात मकवानपुरको बकैया र बागमती बाढीको उच्च जोखिममा रहेको भन्दै उक्त टोलीले तठबन्धनको व्यवस्था मिलाउने भन्दै स्थानीयलाई आश्वासन दिएका छन् ।