सामाजिक विकास मन्त्री दुलाल एनजीओको अभियन्ता बनेको भन्दै बधाई आएपछि …!

२०७६ श्रावण ५,आईतवार ११:२६

मकवानपुर, ५ साउन । प्रदेश नं. ३ का सामाजिक विकास मन्त्री युवराज दुलाल शरद एउटा गैरसरकारी सस्थाको अभियन्ता बनेको भन्दै फेसबुकबाट बधाई लेखिएको पोष्टर सार्वजनिक भएपछि हंगामा भएको छ ।

हेर्नुहोस्, बधाई


एउटा समान्य सामाजिक सस्थाको अभियन्ता बन्न मन्त्री दुलाललाई के विषयले उत्प्रेरित गर्यो त्यो बुझ्न उनीसँग गरिएको सम्पर्क प्रयास भने सफल हुन सकेन । यद्यपी मन्त्री दुलालका स्वकीय सचिव सीपि दुलालले भने अभियन्ता बनेको कुरा आफूहरुलाई थाहा नभएको प्रतिक्रिया दिए ।

नेपालका अनाथ वालवालिकाको खोजी, उद्धार तथा दिगो संरक्षणको उद्धेय राखी दर्ता भएको सेवक नेपालमा मन्त्री दुलाल अभियन्ता बनेका छन् । ६ हजार सहयोग रकम समेत मन्त्री दुलालले दिएको सस्थाका कोषाध्यक्ष बुद्ध गौतमले बताए ।

सेवक नेपालका अध्यक्ष गंगादेवि पौडेलले मन्त्रीज्यू अभियन्ताको रुपमा बसी सहयोग गर्न तयार हुनुु भएकोले अभियन्ता बनाइएको बताइन् । सबैलाई समान मान्ने हाम्रो उद्धेश्य अनुरुप मन्त्रीज्यूले पनि राम्रो काम गर्नुे सस्था रहेछ म अभियन्ता बनेर सहयोग गर्छु भन्नु भयो त्यही भएर हामीले अभियन्ता मानेका हौँ, पौडेलले तु खबरसँग भनिन् ।

बधाई दिँदै पोस्टरहरु सार्वजनिक भएपछी आश्चर्य प्रकट गर्दै पत्रकार नानीराम नेपालले लेखेका छन;– ‘सरकारकै अभियान हुनुपर्ने हो नि १ मन्त्री ज्यु एउटा गैरसरकारी संस्थाको अभियन्ता बन्दा बधाई को खेती कतिधेरै मौलाएको ।’


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*