
मकवानपुरका सञ्चारकर्मी वाईबा र गायिका थिङको म्युजिक भिडियो सार्वजनिक

मकवानपुर, २ साउन । मकवानपुरका गायिका फुलमाया थिङ र सञ्चारकर्मी राममाया वाईबाको अभिनय रहेको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
थिङ र वाईबाको धोका दियो आफ्नै छायाँले’ भन्ने बोलको नयाँ लोकदोहोरी गीतको म्युजिक भिडियो बुधबार सार्वजनिक गरिएको हो ।
गीतको म्युजिक भिडियोलाई गायिका थिङकै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । गीतमा जनक लामा र गायिका अर्चना स्याङ्तानको आवाज रहेको छ ।
गायिका थिङको शब्द, सुजन तामाङको लय र राकेश सोनीको एरेञ्ज रहेको गीतमा ईफास तामाङ, राममाया वाइबा, र खगेन्द्र लिम्बुको अभिनय रहेको छ ।
प्रविन थापाको निर्देशनमा तयार भएको म्युजिक भिडियोलाई नमराज घिमिरेले छायांकन गरेका हुन् । बिरबहादुर थारुको सम्पादनमा तयार भएको भिडियोका निर्माण नियन्त्रक नवराज भट्टराई हुन् ।
गायिका थिङको हेटौँडा मकवानपुर बोलको गीतको अडियो भर्सनसमेत सार्वजनिक भइसकेका छन् ।
त्यस्तै सञ्चार जगतमा एक कुशल रेडियो कार्यक्रम प्रस्तोता (आरजे) का रुपमा चिनिदै आएकी सञ्चारमर्की वाईवा धादिङ जिल्लामा रहेको रेडियो राजमार्गमा आवद्ध छिन् ।
उनले यसअघि नै माथिमाथि लेकमा हिउँ पर्यो बोलको गीत सहित ३ वटा म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन् ।
हेर्नुहोस् भिडियो ।
