भीमफेदी गाउँपालिका भित्रका विद्यालय तीन दिनसम्म विदा हुने

तु खबर संवाददाता
२०७६ असार २९,आईतवार १०:३०
file photo

मकवानपुर २९ असार । भीमफेदी गाउँपालिकाले गाउँपालिका भित्र रहेकोे सामुदायिक विद्यालयमा तीन दिनसम्मका लागि सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

विगत केही दिन अघिदेखि आएको वर्षाका कारण आएको बाढीपहिरोलाई मध्यनजर गर्दै गाउँपालिकाले असार २९ गतेदेखि असार ३१ गतेसम्मका लागि सार्वजनिक विदा दिने निर्णय गरेको गाउँपालीका सुचना अधिकारी बद्री सापकोटाले जानकारी दिए ।

वर्षाका कारण देशै भरी भएको प्राकृतीक प्रकोप तथा जनधनको क्षतिका कारण भीमफेदी गाउँपालीकामा समेत बाढीपहिरोले क्षति पुर्याएको छ ।

गाउँपालिकाले विद्यालय बिदाको समयमा आफ्ना बालबालिका, जनधनको यथोचीत सुरक्षा अपनाउन तथा खानेपानी व्यवस्थित स्वस्थ्य अपनाउन सुचना जारी गरीएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*